आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

सोमबार, ०४ असार २०८०, २२ : ५१
सोमबार, ०४ असार २०८०

नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओली र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।  ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा उनीहरूबीच आज भेटवार्ता भएको एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए । 

उनका अनुसार उनीहरूबीच द्विपक्षीय हित र आपसी सम्बन्धका बारेमा कुराकानी भएको छ ।  भेटमा एमालेका उपमहासचिव विष्णु रिमाल र चिनियाँ उच्च अधिकारीको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप