मन्त्रालयगत बजेट पुस्तकमा सम्बन्धित प्रदेशको नाम सच्याउन सभामुखको ‘रुलिङ’
काठमाडौँ । सभामुख देवराज घिमिरेले सम्बन्धित मन्त्रालयहरूबाट वार्षिक रूपमा सम्पादन हुने कार्यक्रम समावेश पुस्तिकामा सम्बन्धित प्रदेशको नाम उल्लेख गर्न निर्देशन दिएका छन् । मंगलबारको बैठकमा सहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन विधेयकमाथिको छलफलमा बजेट पुस्तिकामा लुम्बिनी प्रदेशको नाम प्रदेश नम्बर ५ राखिएपछि बैठकमा विवाद भएको थियो । जसका कारण एक घण्टा बढी समय बैठक रोकिएको थियो ।
सभाको दोस्रो बैठकमा सभामुख घिमिरेले भने,‘उल्लेखित केही विषयहरू, खास गरी प्रदेश सभाबाट पारित प्रदेशको नाम उल्लेख हुनुपर्नेमा सो नभएको विषयमा ध्यानाकर्षणसहित सच्याउनका लागि यसअघि निर्देशन भइसकेको छ । साथै, त्यस्ता कुनै त्रुटिहरू भएका भए तत्काल सच्याउन पुनः निर्देशन गर्दछु ।’
यस्तै सभाको मंगलबारको कार्यसूचीमा रहेको सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक रूपमा सम्पादन हुने कार्यक्रमको शीर्षकहरुमा प्रदेशको नाम हुनुपर्नेमा अंक उल्लेख भएको बताउँदै अंकको सट्टा प्रदेशको नाम राखी आवश्यकता अनुसार सुधार गर्न पनि उनले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।
अघिल्लो बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको विनियोजन विधेयक पुस्तिकामा प्रदेश नम्बर १ को नाम कोशी नलेखेकोमा विरोध भएको थियो । आजको बैठकमा पनि लुम्बिनी प्रदेशको नाम नलेखी अंकमा लेखिएपछि संविधान विपरीत काम गरेको भन्दै एमालेले आपत्ति जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण