दु:खद घटना
मन्त्री सवार गाडी दुर्घटना : घाइते दुई महिलाको मृत्यु
मङ्गलबार, ०५ असार २०८०, १६ : ३३
काठमाडौं । बझाङको केदारस्यु गाउँपालिका १ झारछडास्थित जयपृथ्वी राजमार्गमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको हो ।
पाँच जना सवार गाडी कालङगा नदीको किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो । प्रहरीले तत्काल उद्धारगरी घाइतेलाई उपचारका स्थानीय रितु पोलीक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्र देउरा पुर्याएका थिए । तर उपचारका क्रममा अमृता र जयादेवीको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरीले बताए ।
उनका अनुसार मन्त्री पृथ्वी बहादुर सिंह, सवारी चालक धर्मराज जोशी र सुरक्षाअंग प्रहरी हवल्दार दिपक भण्डारीलाई भने थप उपचारका लािग बाँकेस्थित नेपालगंज मेडिकल कलेजमा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण