अनिताले जितिन् ‘द मिसेस नेशनल २०२३’ को ताज
काठमाडौँ । ‘द मिसेस नेशनल २०२३’ को ताज अनिता यादवले जितेकी छन् । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछि पार्दै यादवले ताज चुमेकी हुन् । उनी भ्युवर्स च्वाईस अवार्ड समेत विजेता बनेकी छन् ।
प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भए । विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्ट वाक उपउपाधि विजेता भए ।
प्रतियोगिता मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए ।
विवाहित महिलाहरुलाई चार घेरभित्र बाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक क्रिजोना मिडिया ग्रुप प्रालिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण