शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा टुँडिखेलमा योगाभ्यास (तस्बिरहरू)
जीवन शैली

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा टुँडिखेलमा योगाभ्यास (तस्बिरहरू)

बुधबार, ०६ असार २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । 

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । 

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । 

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा टुँडिखेलमा बिहानैदेखि योगाभ्यासहरू भइरहेका छन् ।

हेरौँ केही तस्बिरहरुः

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया