अमेरिकी राष्ट्रपतिका पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टि

बासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागु औषध प्रयोगकर्ता भएको खुलेको छ ।
राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अवैध बन्दुकसमेत राखेको स्वीकार गरे पछि यो खुलासा भएको हो ।
सङ्घीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि उनले एक सरकारी कार्यालयसमक्ष पुगेर सो स्वीकार गरेका हुन् ।
आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निवेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्वीकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रूपमा बन्दुक राखेको जानकारी दिए ।
उनको सो निवेदनलाई सङ्घीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ । यदि, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथि कानुनी कारबाही हुनेछ ।
उता, अमेरिकी राष्ट्रपति वाइडेनले छोरा हन्टरलाई उनी माथि लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाइट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपी राजमार्गमा लेदोसहितको पहिरो, आवतजावत ठप्प
-
स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु
-
जलनमा परेका विपन्न नागरिकको निःशुल्क उपचार गरिने
-
डेडिकेटेड र ट्रंकलाइन बक्यौता: पुनरवलोकनका लागि ४६ उद्योगले दिए निवेदन
-
कारागारमा कैदीबन्दीको मृत्यु प्रकरण : सहायक सीडीओको नेतृत्वमा छानबिन समिति गठन
-
बाग्मतीका स्थानीय तहले प्रदेशबाट पाए ८ अर्ब ६५ करोड बजेट, कुनलाई कति ?