अमेरिकी राष्ट्रपतिका पुत्र लागुऔषध प्रयोगकर्ता भएको पुष्टि
बासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागु औषध प्रयोगकर्ता भएको खुलेको छ ।
राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अवैध बन्दुकसमेत राखेको स्वीकार गरे पछि यो खुलासा भएको हो ।
सङ्घीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि उनले एक सरकारी कार्यालयसमक्ष पुगेर सो स्वीकार गरेका हुन् ।
आफ्नो गृह राज्य डेलावेयरस्थित महान्यायाधिवक्ताको कार्यालय समक्ष दिएको निवेदनमा राष्ट्रपति पुत्र हन्टर बाइडेनले आफू लागूऔषध प्रयोगकर्ता भएको स्वीकार गर्दै आयकर नतिरेको तथा गैरकानुनी रूपमा बन्दुक राखेको जानकारी दिए ।
उनको सो निवेदनलाई सङ्घीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने हुन्छ । यदि, त्यो अनुमोदन नभएमा राष्ट्रपति पुत्रमाथि कानुनी कारबाही हुनेछ ।
उता, अमेरिकी राष्ट्रपति वाइडेनले छोरा हन्टरलाई उनी माथि लागेको अभियोग स्वीकार गरेकोमा धन्यवाद दिएका छन् । तर, ह्वाइट हाउसले सो भन्दा बढी कुनै प्रतिक्रिया नदिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण