टाइटानिकको भग्नावशेष हेर्न कति पैसा चाहिन्छ ?
आठ दिनको यो यात्राका लागि साढे दुई लाख डलर अर्थात करिब तीन करोड २८ लाख रुपैयाँभन्दा बढीको टिकट खरिद किन्नुपर्ने हुन्छ । यस यात्रामार्फत टाइटानिकको भग्नावशेषलाई समुन्द्रमा ३,८०० मिटर मुनी गएर हेर्न सकिन्छ ।
ओसनगेट कम्पनीको एक विज्ञापन अनुसार यो आठ दिनको यात्रा साधारण जीवनबाट निस्किएर केही असाधारण खोज्ने मौका हो ।
यो सानो पनडुब्बीमा एक जना पाइलट र तीन वटा टिक खरिद गर्ने पाहुना यात्री हुन्छन् । यसबाहेक कम्पनीका अनुसार पनडुब्बीमा एक विशेषज्ञ पनि सवार हुन्छन् ।
यो मिसन न्युफाउन्डल्याण्डमा सेन्ट जोन्सबाट सुरु हुन्छ ।
कम्पनीको वेबसाइट अनुसार उनीहरूसँग तीन पनडुब्बी छन् जसमध्ये हराइरहेको टाइटन मात्रै यति गहिराइसम्म जाने क्षमता राख्छ ।
यो पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम छ र वेबसाइटलाई विश्वास गर्ने हो भने यो १३ हजार १०० फुटको गहिराइसम्म जान सक्छ । पनडुब्बीमा ९६ घण्टाको अक्सिजन सपोर्ट बाँकी छ ।
टाइटानिक जहाज सन् १९१२ मा न्यूयोर्कमा आफ्नो पहिलो यात्राको क्रममा डुबेको थियो । यो आफ्नो समयको सबैभन्दा ठुलो जहाज थियो । यसमा सवार २२०० यात्री र चालक दलका सदस्यमध्ये १५ सयभन्दा बढी मारिएका थिए । यो जहाजको भग्नावशेष पहिलो पटक सन् १९८५ मा पत्ता लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण