मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटानिकको भग्नावशेष हेर्न कति पैसा चाहिन्छ ?

बुधबार, ०६ असार २०८०, ०९ : ४४
बुधबार, ०६ असार २०८०

आठ दिनको यो यात्राका लागि साढे दुई लाख डलर अर्थात करिब तीन करोड २८ लाख रुपैयाँभन्दा बढीको टिकट खरिद किन्नुपर्ने हुन्छ । यस यात्रामार्फत टाइटानिकको भग्नावशेषलाई समुन्द्रमा ३,८०० मिटर मुनी गएर हेर्न सकिन्छ ।  

ओसनगेट कम्पनीको एक विज्ञापन अनुसार यो आठ दिनको यात्रा साधारण जीवनबाट निस्किएर केही असाधारण खोज्ने मौका हो । 

यो सानो पनडुब्बीमा एक जना पाइलट र तीन वटा टिक खरिद गर्ने पाहुना यात्री हुन्छन् । यसबाहेक कम्पनीका अनुसार पनडुब्बीमा एक विशेषज्ञ पनि सवार हुन्छन् ।

यो मिसन न्युफाउन्डल्याण्डमा सेन्ट जोन्सबाट सुरु हुन्छ । 

कम्पनीको वेबसाइट अनुसार उनीहरूसँग तीन पनडुब्बी छन् जसमध्ये हराइरहेको टाइटन मात्रै यति गहिराइसम्म जाने क्षमता राख्छ ।

यो पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम छ र वेबसाइटलाई विश्वास गर्ने हो भने यो १३ हजार १०० फुटको गहिराइसम्म जान सक्छ । पनडुब्बीमा ९६ घण्टाको अक्सिजन सपोर्ट बाँकी छ । 

टाइटानिक जहाज सन् १९१२ मा न्यूयोर्कमा आफ्नो पहिलो यात्राको क्रममा डुबेको थियो । यो आफ्नो समयको सबैभन्दा ठुलो जहाज थियो । यसमा सवार २२०० यात्री र चालक दलका सदस्यमध्ये १५ सयभन्दा बढी मारिएका थिए । यो जहाजको भग्नावशेष पहिलो पटक सन् १९८५ मा पत्ता लागेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप