योगको सुरुवात नेपालबाटै भएको हो : केपी ओली
बुधबार, ०६ असार २०८०, १५ : २८
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगको सुरुवात नेपालबाटै भएको दाबी गरेका छन् ।
९ औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालयमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ३५,३६ वर्षअघि नेपालले योग दिवस मनाउन सुरु गरिसकेको बताएका हुन् ।
‘नेपालले नै विश्वमा पहिलो पटक योग दिवस मनाउन किन प्रारम्भ गर्यो ? अरूले मनाएको थिएन । हामीसँग विद्धान ऋषिमुनीहरुको जिनेटिक मेमोरी छ । त्यो स्मृति छ हामीसँग’, ओलीले भने, ‘त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ । त्यसैकारण हो ।’
उनले योग अरूले पनि सुनेपनि पुर्नउत्थान र पुर्नजागरण नेपालबाटै भएको भन्दै योग व्यवस्थित उद्देश्य र सिद्धान्त रहने भन्दै यसको सुरुवात गर्नेहरूलाई आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण