सचेतक बर्तौलाले भने–एमालेले चाहे एक हप्ताभित्र सरकार ढल्छ
काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने बताएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए ।
सचेतक बर्तौलाले सरकार एमालेको प्रयत्नले नभई गठबन्धनभित्रकै अन्तर्विरोध, असमझदारी र अविश्वासले ढल्ने दाबी गरे । उनले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पारे ।
सचेतक बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको समेत बताए । समाजवादी मोर्चाले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पु¥याउने उनले बताए ।
उनले भन,‘नेकपा(एमाले)ले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामथ्र्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । नागरिकहरूको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हितको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन । यदि नेकपा(एमाले)ले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।’
सचेतक बर्तौलाले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताए । यसले देश र जनताको हितमा काम नगर्ने उनले टिप्पणी गरे । उनले मोर्चामा आबद्ध दलहरू बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गरे ।
सचेतक बर्तौलाले प्रदेशसभाले पारित गरेर नामकरण गरिएको प्रदेशको नामलाई संघीय सरकारको दस्ताबेजमा अस्वीकार गर्नु गम्भीर विषय भएको बताए । उनले पर्यटनमन्त्रीले दूषित नियतका साथ मन्त्रालयको बजेट वक्तव्यमा कोशी प्रदेशको नाम समावेश नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण