जापानमा ६१ प्रतिशत फर्महरू ‘जेनेरेटर एआई’ प्रयोगको बारेमा सकारात्मक
टोकियो । जापानका ६० प्रतिशतभन्दा बढी कम्पनीहरूले आफ्नो सञ्चालनमा ‘जेनेरेटर आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगप्रति सकारात्मक दृष्टिकोण राखेको एक अनुसन्धान सर्वेक्षणले देखाएको छ ।
जापानको टेइकोकु तथ्याङ्क बैंकद्वारा मङ्गलबार प्रकाशित एक अनलाइन सर्वेक्षणअनुसार सर्वेक्षणमा सहभागी ९.१ प्रतिशत कम्पनीहरूले आफ्नो सञ्चालनमा जेनेरेटर एआईको प्रयोग गरिरहेको बताएका छन् भने ५२.० प्रतिशतले प्रविधिको प्रयोग गर्ने बारे सोचिरहेको बताएका छन् ।
क्रेडिट रिसर्च कम्पनीले हालै गरेको सर्वेक्षणमा एक हजार ३८० कम्पनीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।
यसैबीच, एआई प्रविधिको प्रयोगमा आन्तरिक नियमहरू तयार गर्ने कम्पनीहरूको अनुपात केवल १.२ प्रतिशत मात्र रहेको छ ।
सर्वेक्षणमा २३.३ प्रतिशतले तथ्याङ्कको गोपनीयताबारे चिन्ता व्यक्त गर्दै आफ्ना गतिविधिमा जेनेरेटर एआईको प्रयोगबारे विचार नगरेको बताएका छन् ।
सर्वेक्षणले समेटेका घर–जग्गा किनबेच सम्बन्धी कम्पनीका एक अधिकारीले भने, “जेनेरेटिभ एआईको प्रयोगमा प्रतिबन्धले फाइदाभन्दा बढी बेफाइदा हुनेछ । व्यक्तिगत जानकारीको प्रयोगमा सामान्य सुरक्षा सावधानीहरू पालन गरिएको छैन ।”-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण