चीनमा ठुलो विस्फोट : ३१ को मृत्यु, सी जिनपिङको यस्तो प्रतिक्रिया
चीनको उत्तर पश्चिमी भागको निङ्जिया सहरमा बुधवार राति ठुलो ग्यास विस्फोट भएको छ । उक्त विस्फोटमा परी हालसम्म कम्तीमा ३१ जनाको मृत्यु भएको बताइएको छ ।
समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्दै यस विस्फोटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिक्रिया आएको बताएको छ ।
यो विस्फोट निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा भएको हो । र यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।
चिनियाँ सरकारी टेलिभिजनका अनुसार सी जिनपिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्त्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने बताएका छन् ।
यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन् । सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा परी १७३ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण