उपेन्द्रको टिप्पणी : बाबुरामलाई एक्लै हिँड्ने बानी परेकाले मोर्चामा आएनन्
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको टिप्पणी गरेका छन् । सोही कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको यादवको भनाइ छ ।
यादवकै अनिच्छाका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिप्पणी भइहरेका बेला बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवबाट यस्तो धारणा आएको हो ।
समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उनले जिकिर गरे । मोर्चा गठनमा बाबुराम भट्टराईको कुनै योगदान नरहेको दाबी गरे । उनले भट्टराई कसरी छुटे भन्नेबारे उनलाई नै थाहा हुने कुरा भएको प्रतिक्रिया समेत दिए ।
मोर्चामा रहेका कुनै दलबीच एकीकरण हुन सक्ने भएपनि मोर्चा नै दलको रुपमा भने नआउने यादवले स्पष्ट । उनले साझा मुद्दामा मोर्चाले काम गर्ने पनि बताए ।
पत्रकार सम्मेलनका क्रममा यादवले असार १० गते पार्टीको विधान अधिवेशन सुरु हुने जानकारी गराए । तीन दिनसम्म चल्ने अधिवेशनमा एक हजार प्रतिनिधि सहभागी हुने यादवले जानकारी गराए । पार्टीको विधान मस्यौदा तयार भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण