प्रचण्ड र विप्लवबीच समाजवादी मोर्चा बलियो बनाउनेबारे छलफल
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच समाजवादी मोर्चा बलियो बनाउनेबारेमा गम्भीर छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्ड र विप्लवबीच समाजवादी मोर्चालाई सुदृढ बनाउने बारेमा छलफल भएको हो ।
‘प्रधानमन्त्री प्रचण्ड र विप्लव कमरेडबीच बिहान भेट भयो । समाजवादी मोर्चालाई कसरी बलियो र प्रभावकारी बनाउने विषयमा छलफल भयो’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘माओवादी आन्दोलनका विरुद्ध एकपछि अर्को गर्दै प्रहार भएका बारेमा छलफल भयो । माओवादी आन्दोलनले ल्याएका उपलब्धि रक्षा गर्न सबै एक जुट हुनुपर्ने विषयमा कुराकानी भए ।’
समाजवादी मोर्चाको बैठक बसेर कार्यक्रम बनाएर जाने विषयमा कुराकानी भएको ति सचिवालय सदस्यले बताए । पछिल्लो समय राजावादी शक्तिहरू आक्रामक भएको विषयमा समेत प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच छलफल भएको बताइएको छ ।
गत असार ४ गते समाजवादी मोर्चा घोषणा भएको हो । जसमा माओवादी केन्द्रसहित एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा विप्लव समूह सहभागी छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेट्ने भनिए पनि अन्तिममा उनलाई छुटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण