बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बालेनको अडान

म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन : बालेन शाह

बिहीबार, ०७ असार २०८०, १७ : ३१
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् । 

‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’, बिहीबार शाहले आफ्नो फेसबुकमा लेखेका छन् । 

विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै शाहले यस्तो अभिव्यक्ति दिएका हुन् । 

 फिल्म आदिपुरुषका लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत प्रस्ट हुने शाहको भनाइ छ । 

‘फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ’, उनले भनेका छन् । 

यसको लागि आफू जुनसुकै सजाय भोग्न तयार रहेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘फिल्म चल्दैन र चल्न दिइनेछैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप