शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
रविको निम्ता स्विकार्दै चियापानमा प्रचण्डसहित नेताहरू (तस्बिरहरु)
रास्वपा चियापान

रविको निम्ता स्विकार्दै चियापानमा प्रचण्डसहित नेताहरू (तस्बिरहरु)

बिहीबार, ०७ असार २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सहभागी भएका छन् । 

रास्वपाको कार्यालय वनस्थलीमा आयोजित चियापान समारोहमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित विभिन्न पार्टीका शीर्ष नेता र मन्त्रीहरू समेत सहभागी भएका हुन् । 

कार्यक्रममा मन्त्रीहरू नारायणकाजी श्रेष्ठ, धनराज गुरुङ, मोहन बस्नेत तथा नेताहरू डा. बाबुराम भट्टराई, सुवास नेम्वाङ, विष्णु पौडेल, महन्थ ठाकुर, जनार्दन शर्मा,पशुपति शमशेर जबरालगायत सहभागी भएका हुन् ।  यस्तै कलाकार मदनकृष्ण श्रेष्ठ, किरण केसीलगायत सहभागी भएका छन् । 

चियापानमा दही, चिउरा, मकैभटमास, तरकारी, योमरी लगायतका परिकार राखिएको थियो । 

यसअघि रास्वपा अध्यक्ष रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तीन दलका शीर्ष नेताहरुको भेटघाटलाई लिएर आफूले चिया खुवाउने बताएका थिए । लामिछाने नेतृत्वको पार्टी गत २०७९ साल असार ७ गते गठन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया