मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
प्रसूति बिदा

सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्‍याउने प्रस्ताव

मङ्गलबार, १२ साउन २०८३, २२ : ०७
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • सरकारले सुत्केरी महिलालाई दिइँदै आएको तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्‍याउने तयारी थालेको छ ।
  • स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पारी यो प्रस्ताव अघि सारेको हो ।
  • यो संशोधन पारित भएमा सुत्केरी महिलाले बच्चा जन्मिनुअघि वा पछि गरी पूरै छ महिनासम्म तलबसहितको बिदा पाउनेछन् ।

काठमाडौँ । सरकारले सुत्केरी महिलालाई दिइँदै आएको तलबी प्रसूति बिदा बढाएर ६ महिना पुर्‍याउने तयारी थालेको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार पार्दै उक्त प्रस्ताव अघि सारेको हो । 

हालको ऐनअनुसार सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाले कम्तीमा ९८ दिनसम्म मात्र तलबसहितको प्रसूति बिदा पाउँदै आएका छन् ।

प्रस्तावित विधेयकमा ऐनको दफा १३ मा रहेको ‘कम्तीमा अन्ठानब्बे दिन’ भन्ने शब्द हटाएर ‘छ महिना’ राख्ने व्यवस्था गरिएको छ। यो संशोधन पारित भई कार्यान्वयनमा आएमा सुत्केरी महिलाले बच्चा जन्मिनुअघि वा पछि गरी पूरै छ महिनासम्म तलबसहितको बिदा पाउनेछन्। मन्त्रालयका अनुसार आमा तथा नवजात शिशुको स्वास्थ्य रक्षा, नियमित स्तनपानको प्रवर्द्धन र सुत्केरी महिलालाई आवश्यक आराम तथा हेरचाह सुनिश्चित गर्ने उद्देश्यले यो बिदा बढाउने प्रस्ताव गरिएको हो ।

मन्त्रालयले विधायन ऐन, २०८१ को प्रक्रिया अनुसार विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला तथा सर्वसाधारणबाट राय–सुझाव आह्वान गरेको छ ।

इच्छुक व्यक्ति वा संस्थाले आज बेलुकीसम्म मन्त्रालयको कानुन शाखाको आधिकारिक इमेलमा आफ्ना सुझावहरू पठाउन सक्नेछन् । प्राप्त सुझावहरूलाई समेटेर मस्यौदालाई अन्तिम रूप दिने र स्वीकृतिका लागि सङ्घीय संसद्मा दर्ता गराउने सरकारको योजना रहेको छ ।

patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप