गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
मङ्गलबार, १२ साउन २०८३, २२ : ०३
सारांश
- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
- खड्काले श्रेष्ठलाई प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, कुशल सङ्गठनकर्ता तथा अनुभवी राजनीतिज्ञका रूपमा स्मरण गरेका छन्।
- श्रेष्ठको ८३ वर्षको उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
खड्काले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठको निधनको खबरले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले श्रेष्ठलाई नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, कुशल सङ्गठनकर्ता तथा अनुभवी राजनीतिज्ञका रूपमा स्मरण गर्दै उनको निधनबाट नेपाली कांग्रेसले महत्त्वपूर्ण नेता गुमाएको बताएका छन्।
खड्काले शोकाकुल परिवारजन तथा आफन्तप्रति गहिरो समवेदना समेत व्यक्त गरेका छन्। श्रेष्ठको ८३ वर्षको उमेरमा ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उनको उपचारको क्रममा मंगलबार निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण