पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा मंगलबार कवि एवं उपन्यासकार सरस्वती प्रतीक्षा सिफारिस भएकी छन् । उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको समितिले प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य–सचिव तथा सदस्यहरू सिफारिस गरेको हो।
उपकुलपतिमा तिलक पुर्जा पुन र सदस्य–सचिवमा जीवन दाहालको नाम सिफारिस गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा ७ परिषद् सदस्य र १७ जना प्राज्ञ सभा सदस्य हुने व्यवस्था छ । सिफारिस भएका पदाधिकारीहरूलाई बुधबार नियुक्तिपत्र दिइने छ।
अघिल्ला कुलपति पदमराज ढकाल नेतृत्वको कार्यकाल सकिएपछि प्रतिष्ठानमा करिब डेढ वर्षसम्म पदाधिकारी रिक्त थियो । ‘हामीहरूले १७ जना प्राज्ञ सभा सदस्यको नाम टुङ्गो लगायौँ । तीमध्येबाट कुलपति, उपकुलपति र सदस्य–सचिवको नामसहित ७ जनालाई परिषद् सदस्य छनोट गरी सिफारिस गरेका छौँ,’ सिफारिस समिति संयोजक गुरुङले भनिन्, ‘सिफारिस भएकामध्ये कसैले आफू नबस्ने भनेमा मेयर सा’बले नै कसलाई चयन गर्ने भनी जिम्मा लगाएका छौँ।’
परिषद् सदस्यहरूमा हरेराम जोजिजू, सीता पहारी, दिलीप गायक र श्रीजंग गुरुङ सिफारिस भएका हुन्। सिफारिस सदस्यका सदस्यहरूमा भने तीर्थ श्रेष्ठ र ज्ञानबहादुर गुरुङ थिए । पोखरा महानगरको कला, भाषा, साहित्य, संस्कृति तथा सिर्जनात्मक गतिविधिको संरक्षण, प्रवर्द्धन र विकासका निम्ति प्रतिष्ठान गठन गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण