अपडेट
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
मङ्गलबार, १२ साउन २०८३, २१ : २२
सारांश
- सुनसरीको देवानगञ्ज नगरपालिकामा मंगलबार साँझ दुई समूहबीच ढुङ्गा हानाहान भएको छ।
- आइतबार रातिदेखि अशान्त बनेको देवानगञ्जको तनाव अझै शान्त भएको छैन।
- यसअघि सोही स्थानमा भएको झडपमा एक जनाको ज्यान गएको थियो र गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
काठमाडौँ। सुनसरीको देवानगञ्ज नगरपालिकामा फेरी झडप भएको छ। मंगलबार साँझ दुई समूहबिच ढुङ्गा हानाहान भएको हो। आइतबार रातिदेखि अशान्त बनेको देवानगञ्जको तनाव अझै शान्त भएको छैन।
मंगलबार साँझ देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा दुई समूहको बिचमा ढुङ्गा हानाहान भएको हो। अहिले स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले रातोपाटीलाई बताए । उनले भने,‘प्रहरीले संयमता अपनाएर अहिले झडप नियन्त्रणमा लिएको छ।’
सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर–३ स्थित कप्तानगञ्जमा दुई समुदायको बिचमा झडप हुँदा ३० वर्षीय ओमप्रकाश मेहताले ज्यान गुमाएका थिए। सो घटनाबारे गृह मन्त्रालयले समिति बनाएर छानबिन गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण