प्राधिकरणका इन्जिनियर दम्पत्तिविरुद्ध विशेष अदालतमा मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रटाचार मुद्दा दायर गरेको छ । यादवले जागिरे अवधिमा कमाएको आम्दानी भन्दा दोब्बर सम्पत्ति जोडेको र त्यसको स्रोत खुलाउन नसकेपछि आयोगले मुद्दा दार्ता गरेको हो ।
२०४८ पुस ९ गते जागिर खाएका यादव २०७९ जेठ ९ मा अवकास पाएका थिए । उनले यो अवधिमा एक करोड ७१ लाख ४६ हजार ४४ रुपैँया ४९ पैसा आय आर्जन गरेको देखिन्छ । तर, उनले घर, निर्माण, जग्गा खरिद र रजिष्ट्रेसन दस्तुर, अध्ययन खर्च तथा छोराछोरीलाई विदेश पठाउँदाको खर्च, शेयर खरिद तथा लगानी र बैंक मौज्जादसमेत गसिर तीन करोड १३ लाख ९८ हजार ५ सय ९४ रुपैँया ९० पैसा खर्च तथा लगानी गरेको देखिन्छ । आयोगका अनुसार यादवको सिर्जित सम्पत्ति एवं खर्च तथा लगानी गरेको कूल खर्च र सोही अवधिको आय व्ययविवरण अनुसार स्रोत खुल्न आएको वैध सम्पत्तिको अनुपातमा एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैँया ४१ पैसाको स्रोत खुल्दैन ।
उक्त रकमको स्रोत नखुलेको एवं यादवले राष्ट्रसेवक भएपश्चात के कस्तो श्रोतबाट आर्जन गरेको हो ? भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेको हुँदा साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको आयोगको मागदावी छ । आयोगले एक करोड ४२ लाख ५२ हजार ५ सय ५० रुपैँया ४१ पैसाको बिगो जरिवाना र कैद सँजायको मागदावी गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार यादवले श्रीमती मञ्जुदेवी यादवको नाममा जग्गा खरिद, घर निर्माण र शेयर खरिद गरेको देखिन्छ । उनका अनुसार मञ्जुदेवीको नाममा रहेको सम्पत्ति विगो जफत गरि असुलउपर गर्ने र उनीविरुद्धसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम मुद्दा दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण