जसपाले चयन गर्यो थप १८ जना विधान अधिवेशन प्रतिनिधि
बिहीबार, ०७ असार २०८०, १९ : ०९
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन गरेको छ । जसपाको विधान अधिवेशन असार १० गतेदेखि हुँदैछ ।
बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले संघ तथा प्रदेशमा सांसद रहेको तर केन्द्रीय समितिमा नरहेकोलाई प्रतिनिधिमा चयन गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।
संघ तथा प्रदेशमा त्यस्ता सांसद आठ जना रहेका छन् । त्यस्तै, पार्टीको साधारण सदस्य तथा अन्य भातृ संगठनमा रहेकामध्ये १० जनालाई समेत प्रतिनिधिमा चयन गरेको छ ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते विभिन्न ग्रुप बनाएर छलफल गर्ने र १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने छन् ।अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण