जनकपुरधाम उपमहानगरपालिकाले २ अर्ब २६ करोडको बजेट ल्याउँदै
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएको छ । उपमहानगरपालिकाले आयूडीपी परियोजना अन्तर्गत गरी कुल २ अर्ब २६ करोड बराबरको बजेट ल्याउने तयारी गरेको मेयर मनोजकुमार साहले जानकारी दिए ।
मेयर साहका अनुसार फोहोर मैला व्यवस्थापन, छाडा चौपाया व्यवस्थापनको लागि गौशाला सञ्चालन, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिएको छ । उनले फोहोर व्यवस्थापनका लागि गुट्ठी संस्थानबाट ३० विघा जग्गा लिजमा लिएर १२ विघामा आधुनिक मेसिनसहित स्यानिटरी ल्याण्डफिल साइट र बाँकी १८ विघामा वाटर ट्रिटमेन्ट प्यानल, खानेपानी र सय बेडको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।
मेयर साहले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण कार्यको तयारी ९० प्रतिशत सम्पन्न भएको बताए । त्यसका लागि तीन चरणमा छलफल समेत भइसकेको र असारभित्रै अर्को चरणको निर्माण कार्य सुरु हुने उनले बताए ।
नयाँ बजेटमा १०० बेडको अस्पतालको कन्सेप्ट समेत समेटिएको साहले बताए । उनले यस वर्ष सम्पूर्ण तयारी पुरा गरी अगामी वर्ष अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको समेत सुनाए । बिहान ९ बजेदेखि नीति तथा कार्यक्रम सार्वजनिकिकरण सुरु हुने मेयर साहले जानकारी दिए ।
उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा जनकपुरधाम उपमहानगरपालिकामा आवद्ध ७ जना प्रदेशसभा सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण