शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बजेट

जनकपुरधाम उपमहानगरपालिकाले २ अर्ब २६ करोडको बजेट ल्याउँदै

बिहीबार, ०७ असार २०८०, २१ : ०५
बिहीबार, ०७ असार २०८०

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने भएको छ । उपमहानगरपालिकाले आयूडीपी परियोजना अन्तर्गत गरी कुल २ अर्ब २६ करोड  बराबरको बजेट ल्याउने तयारी गरेको मेयर मनोजकुमार साहले जानकारी दिए ।

मेयर साहका अनुसार फोहोर मैला व्यवस्थापन, छाडा चौपाया व्यवस्थापनको लागि गौशाला सञ्चालन, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिएको छ । उनले फोहोर व्यवस्थापनका लागि गुट्ठी संस्थानबाट ३० विघा जग्गा लिजमा लिएर १२ विघामा आधुनिक मेसिनसहित स्यानिटरी ल्याण्डफिल साइट र बाँकी १८ विघामा वाटर ट्रिटमेन्ट प्यानल, खानेपानी र सय बेडको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।

मेयर साहले फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माण कार्यको तयारी ९० प्रतिशत सम्पन्न भएको बताए । त्यसका लागि तीन चरणमा छलफल समेत भइसकेको र असारभित्रै अर्को चरणको निर्माण कार्य सुरु हुने उनले बताए ।

नयाँ बजेटमा १०० बेडको अस्पतालको कन्सेप्ट समेत समेटिएको साहले बताए । उनले यस वर्ष सम्पूर्ण तयारी पुरा गरी अगामी वर्ष अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको समेत सुनाए ।  बिहान ९ बजेदेखि नीति तथा कार्यक्रम सार्वजनिकिकरण सुरु हुने मेयर साहले जानकारी दिए ।

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा जनकपुरधाम उपमहानगरपालिकामा आवद्ध ७ जना प्रदेशसभा सदस्यहरुलाई आमन्त्रण गरिएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप