पन्ध्र वर्षमा तीन सय २९ गैँडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा विगत १५ वर्षको अवधिमा तीन सय २९ गैँडा मरेका छन् । आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म सो सङ्ख्यामा गैँडा मृत भेटिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार १५ वर्षको अवधिमा सबैभन्दा बढी आथिक वर्ष २०७५/७६ मा गैँडा मरेका थिए । सो आर्थिक वर्षमा ४३ वटा गैँडा मरेको उनले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा कम १० वटा गैँडा मरेका थिए ।
निकुञ्जको तथ्याङ्कानुसार आर्थिक वर्ष २०६५/६६ मा १७, आर्थिक वर्ष २०६६/६७ मा २५, आर्थिक वर्ष २०६७/६८ मा १६, आर्थिक वर्ष २०६८/०६९ मा १३, आर्थिक वर्ष २०७०/७१ मा ११ वटा गैँडा मरेका थिए । यस्तै, आर्थिक वर्ष २०७१/७२ मा ११, आर्थिक वर्ष २०७२/७३ मा १४, आर्थिक वर्ष २०७३/७४ मा २५, आर्थिक वर्ष २०७४/७५ मा २६, आर्थिक वर्ष २०७६/७७ मा २६ वटा गैँडा मरेको निकुञ्जले जनाएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३३, आर्थिक वर्ष २०७८/७९ मा ३७ र चालु आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् ।
कालगतिले, चोरी सिकारीले, जुधेर, दलदलमा फसेर, बाघको आक्रमणबाट ती गैँडा मरेका हुन् । गैँडाको सङ्ख्या बढ्दै जाँदा बासस्थानको अभावले गैँडा मर्ने क्रम रोक्न नसकिएको उनले जानकारी दिए । गैँडा संरक्षणका लागि निकुञ्ज आसपास बसोबास गर्ने जनता, संरक्षणकर्मी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारीहरू लागिपरेको उनले बताए । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार छ सय ९४ गैँडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण