शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

गोरखाको चिलिङकोटमा जिप दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु

शुक्रबार, ०८ असार २०८०, ०६ : ३८
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका ३ काे चिलिङकोट स्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते १२ जनालाई आबुखैरेनी अस्पताल पुर्याइएकोको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । 

बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको जिप दुर्घटनामा परेको बताइएको छ । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘ गाडीमा १९–२० जना सवार रहेको भन्ने खुलेको छ ।’

 प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप दुर्घटना भएको हाे । मृतकको पहिचान हुन बाँकी छ ।

राति एक बजे गाडी दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप