काठमाडौँका हलमा लाग्यो हिन्दी फिल्म
काठमाडौँ । भारतीय फिल्मको प्रदर्शन जारी राख्न पाटन उच्च अदालतले बिहीवार जारी गरेको अन्तरिम आदेशसँगै हल सञ्चालकले आज शुक्रबार पुरानो फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज गरेका छन् । आज शुक्रबार नयाँ हिन्दी फिल्म नआएपछि विक्की कौशल र सारा अली खानको अभिनय रहेको फिल्म रिलिज गरेका हुन् । फिल्मका लागि काठमाडौँमा अधिकांश हलले शो समेत प्रकाशित गरेका छन् ।
नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि संघले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘हामीले आदिपुरुष रिलिज गरेका छैनौ’, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले भने– ‘अदालतको आदेशपछि फिल्म प्रदर्शन रोक्नु पर्ने देखिन्न ।’ चलचित्र संघको आधिकारिक धारणा समेत विज्ञप्ति मार्फत छिट्टै आउने उदयले जानकारी दिए ।
हिन्दी फिल्म रोकिएको विषयमा पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौँ महानगर दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण