किसान संगठनको संयुक्त वक्तव्य : स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न सरकारसँग माग
काठमाडौँ । विभिन्न ६ वटा कम्युनिस्ट पार्टी निकट किसान सङ्घ, सङ्गठनहरूले आम किसानहरूमा पर्न गएको समस्याहरूको तत्काल समाधान गर्न माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले देशको सार्वभौमिकता रक्षाका लागि पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले देशका सम्पूर्ण भाग तराई, पहाड र हिमालमा समेत पशुमा लाग्ने छालाको रोग (लम्पी स्किन डिजिज) ले खासगरी गाई र भैँसीहरूमा हजारौँको सङ्ख्यामा फैलिएकोले किसानहरू ठुलो मर्कामा परेको भन्दै महामारीका कारण किसानहरूलाई पर्न गएको नोक्सानीको क्षतिपूर्तिको रूपमा किसानलाई उचित राहत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
साथै उनीहरुले पूर्वी पहाडी जिल्लाहरू सङ्खुवासभा, ताप्लेजुङ, ओखलढुङ्गा र पाँचथरमा आएको भीषण बाढी पहिरोले किसानहरूको ठुलो जन धनको क्षति भएकोमा पीडित परिवारलाई यथेष्ट क्षतिपूर्ति प्रदान गर्न भनेका छन् । किसान सङ्घ सङ्गठनहरूले विदेशबाट आयातित अत्यधिक विषादीयुक्त कृषि उत्पादन निर्बाध रूपमा भित्रिनाले नेपाली कृषकले उत्पादन गरेका कृषि उपजले विदेशीको अनुदान प्राप्त कृषि उपजसँग प्रतिस्पर्धा गर्न नसकेर फाल्नुपर्ने अवस्था आएको जनाएका छन् ।
‘नेपालको १७३ वटा सीमा नाकाहरूमध्ये १५ वटामा क्वारेनटाइन व्यवस्था गएकोमा हाल आठ वटा नाकामा रहेको क्वारेनटाइनले मात्र काम गरिरहेको र सात वटा निष्क्रिय भएको हुँदा ती सक्रिय रहेका आठवटा बाट आयातित कृषि उत्पादनलाई अनिवार्य क्वारेनटाइन गर्ने नीतिगत व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ, ‘किसानहरूको नोक्सानीलाई निर्मूल पार्न सीमा नाकामा भएका क्यारेन्टाइनहरुमा नीतिगत व्यवस्था अनुरूप चेक जाँच कडाइका साथ अवलम्बन गरी स्वदेशी कृषि उत्पादनलाई प्रोत्साहन गर्न र किसान उपभोक्ता दुबैलाई राहत प्रदान गर्ने गरी पहल कदमी लिन पनि हामी सरकारसँग जोडदार माग गर्दछौँ ।’
यस्तो छ विज्ञप्ति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण