६ प्रतिशतको आर्थिक वृद्धि गर्न लगानीमैत्री मौद्रिक नीति आवश्यक : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीका बीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् ।
शुक्रबार परिसंघको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चुनौतिपूर्व अर्थतन्त्रका बीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नुपर्ने अवस्था रहेको बताए ।
अध्यक्ष अग्रवालले मौद्रिक नीति लगानी मैत्री र खुकुलो नभएर ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धी ७३ बुँदा सफल कार्यान्वयन हुन आवश्यक रहेको बताए ।
अध्यक्ष अग्रवालले आर्थिक संवाहक निजी क्षेत्रले सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । उनले लगानीको वातावरण निर्माणका लागि राज्य प्रशासन संयन्त्र सहयोगी होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए ।
अध्यक्ष अग्रवालले व्यवसायीहरुले अहिले भएको व्यवस्थामा लगानी गर्ने र छोटो अवधिमा नै नीतिगत परिवर्तनले लगानीको सुनिश्चितता प्रभावकारी नहुने अवस्था रहेको बताए । उनले लगानीको वातावरण सुनिश्चित गर्नको लागि कम्तीमा १० वर्ष ऐन,नीति,नियम परिवर्तन नहुने सरकारले ग्यारेन्टी गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण