आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

६ प्रतिशतको आर्थिक वृद्धि गर्न लगानीमैत्री मौद्रिक नीति आवश्यक : अध्यक्ष अग्रवाल

शुक्रबार, ०८ असार २०८०, १९ : २०
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान अर्थतन्त्रका चुनौतीका बीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्न खुकुलो र लगानीमैत्री मौद्रिक नीति आवश्यक रहेको बताएका छन् ।  

शुक्रबार परिसंघको २० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले चुनौतिपूर्व अर्थतन्त्रका बीच ६ प्रतिशतको आर्थिक वृद्धि गर्नुपर्ने अवस्था रहेको बताए । 

अध्यक्ष अग्रवालले मौद्रिक नीति लगानी मैत्री र खुकुलो नभएर ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताए । उनले नेपाल राष्ट्र बैंकले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा समावेश सार्वजनिक निजी साझेदारी सम्बन्धी ७३ बुँदा सफल कार्यान्वयन हुन आवश्यक रहेको बताए । 

अध्यक्ष अग्रवालले आर्थिक संवाहक निजी क्षेत्रले सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । उनले लगानीको वातावरण निर्माणका लागि राज्य प्रशासन संयन्त्र सहयोगी होस् भन्ने निजी क्षेत्रको चाहना रहेको बताए ।  

अध्यक्ष अग्रवालले व्यवसायीहरुले अहिले भएको व्यवस्थामा लगानी गर्ने र छोटो अवधिमा नै नीतिगत परिवर्तनले लगानीको सुनिश्चितता प्रभावकारी नहुने अवस्था रहेको बताए । उनले लगानीको वातावरण सुनिश्चित गर्नको लागि कम्तीमा १० वर्ष ऐन,नीति,नियम परिवर्तन नहुने सरकारले ग्यारेन्टी गर्नुपर्ने बताए । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप