नविल बैंकलाई झापाका दुई नगरपालिकाको पत्र– बैंक ग्यारेन्टी बापतको रकम उपलब्ध गराउनु
काठमाडौँ । झापाका दुई नगरपालिकाले नबिल बैंकलाई बैंक ग्यारेन्टीबापतको रकम उपलब्ध गराइदिन पत्र लेखका छन् । दमक नगरपालिका र उर्लाबारी नगरपालिकाले नबिल बैंकलाई संयुक्तरुपमा पत्र लेख्दै बैंक ग्यारेन्टीबापतको रकम उपलब्ध गराइदिन भनेका हुन् ।
यी दुई नगरपालिकाको साझेदारीमा मावा खोलाको नदीजन्य पदार्थहरु संकलन, उत्खनन् र बिक्री गर्न एनआआरएन कक्रिट उद्योगले ठेक्का पाएको थियो । उक्त कम्पनीले ठेक्का लिँदा नबिल बैंकबाट बैंक ग्यारेन्टी ल्याएको थियो ।
ठेक्कापछि उत्खनन्कर्ता कम्पनीले सम्झौताअनुसार रकम बुझाएको छैन । सोहीकारण, कम्पनीले पेश गरेको नबिल बैंकको बैंक ग्यारेन्टीबापतको रकम पाउन जेठ २३ गते नै दाबी गरिएको थियो । तर, हालसम्म बैंकबाट नगरपालिकाको खातामा रकम जम्मा नभएको र छिटो उपलब्ध गराउन पालिकाले पत्र लेखेको हो ।
बैंकले ग्यारेन्टीबापतको रकम उपलब्ध नगराएमा दमक नगरपालिकावाट कुनै किसिमको कारोबार, सहकार्य नगरिने चेतावनी समेत दिइएको छ । यस्तै, बैकबाट जारी गरिने बिड बण्ड, बैक ग्यारेण्टी स्वीकार गर्न नसकिने, नगरपालिकाबाट आयोजना गरिने कुनै सामाजिक कार्यहरुमा सहभागिता नगराइने लगायतका चेतावनी मेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण