ललितपुरमा लाखौँको गहना र नगद चोरी
शनिबार, ०९ असार २०८०, १७ : २३
ललितपुर । ललितपुरमा लाखौँ रुपैयाँको धनमाल चोरी भएको छ । महालक्ष्मी नगरपालिका-४ केरूटोल डेरा गरी बस्ने धनकुटा बिचबजार घर भएका ४२ वर्षीय मनोज श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । उता मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया बजारस्थित रंगेली नगरपालिका-७ बस्ने दिपेन सोनीको राधेकृष्ण ज्वेलर्सबाट ल्यापटप १ थान, करिब ४ तोला सुनको गहना, करिब ४ सय ४० तोला चाँदीको गहना समेत गरी करिब १० लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण