रुपन्देहीबाट सुन जस्तो देखिने २ केजी धातु बरामद
आइतबार, १० असार २०८०, ११ : २५
काठमाडौं । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित कालिदहबाट सशस्त्र प्रहरीले सुन जस्तो देखिने २ किलो धातु बरामद गरेको छ । सशस्त्र प्रहरी बल बीओपी बयरघाटबाट खटिएको टोलीले शनिवार मध्यराति सुन जस्तो पहेलो धातु बरामद गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
डिएसपी थापाका अनुसार भारततर्फ जाँदै गरेको बा.१२ च ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा गियर बक्समा फल्स बटन बनाएर लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ईट्टा आकारको सुन जस्तो धातु भेटिएको हो । कार चालक दाङको घोराही नगरपालिका १० घर भएका हुमानन्द गिरीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
बरामद पहेलो धातु सुन हो वा होइन, रिपोर्ट आउन बाँकी रहेको डिएसपी थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण