राष्ट्र बैंकको रिपोर्ट
सरकारको खातामा १ खर्ब ६६ अर्ब रकम
आइतबार, १० असार २०८०, ११ : ३६
काठमाडौँ । सरकारी कोषमा नगद मौज्दात घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थामा डिपोजिट रहेको नगद १ खर्ब ६६ अर्ब २६ करोड ४७ लाख रुपैयाँ रहेको छ । यो संघ, प्रदेश र स्थानीय सरकारको समेत पैसा हो ।
बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ५९ अर्ब २४ करोड २१ लाख रुपैयाँ बराबरले डिपोजिट घटेको हो । आर्थिक वर्ष २०७८/७९ को असार मसान्तमा यस्तो डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख रुपैयाँ रहेको थियो । सँगै अघिल्लो वर्षको सरप्लस मौज्दात समेत घटेर २ अर्ब ७ करोड रुपैयाँमा झरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो सरप्लस ११ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण