औषधि खुवाई लुटपाट, एक जना पक्राउ
आइतबार, १० असार २०८०, १३ : ५५
कञ्चनपुर । कालिकोट नरहरी गाउँपालिका-९ बस्ने पीडितको नगद १ लाख ४७ हजार भारतीय रूपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-८ बस्ने ३९ वर्षीय वसन्त दमाईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
असार २ गते भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाई पीडितको साथबाट उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका वसन्तको खोजी गर्ने क्रममा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिका-२ बसपार्कबाट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण