मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बीमा योजना ल्याउने
काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तीव्र गतिमा तयारी भइरहेको छ । एकीकृत कारोबार पछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ ले मर्जरपछि श्रावण १ गतेबाट बिक्री वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरू छनौट गरेको छ ।
नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरू स्वीकृति समेत प्राप्त भैसकेको कम्पनीले जानकारी दिएको हो । स्वीकृत बीमा योजनाहरूमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारिक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीवृद्धि बीमा, गज्जबको लगानी फिर्ता बीमा,
डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजीवन बीमा, सुनौलो किरण बीमा, वैभव जीवन बीमा, जीवन उन्नति बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरू रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण