सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्छ : नेता कोइराला

आइतबार, १० असार २०८०, १६ : २२
आइतबार, १० असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले  कांग्रेसलाई पुनः जीवन दिन आवश्यकता रहेको बताएका छन् ।  

आइतबार पार्टी निकट नेपाल प्रेस युनियन काठमाडौँ शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै पुनः जीवन दिनुपर्ने बताए । 

नेता कोइरालाले कांग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए ।  

नेता कोइरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यक रहेको बताए । उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप