विदेशमा अलपत्र परेका नेपाली कामदारलाई आश्रय स्थलको व्यवस्था मिलाइएको छ : श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारका लागि सबै प्रकारका श्रम स्वीकृति दिने व्यवस्था प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुबाट मिलाइएको जानकारी समेत दिए । उनले नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यलाई बेलायत पठाउने समझदारी अनुसार त्यसको छनौट प्रक्रियालाई अघि बढाइएको पनि बताए ।
मन्त्री भण्डारीले भने, ‘विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमान, कुवेत, साउदी अरेविया र बहराईनमा विशेष आश्रय स्थलहरुको व्यवस्था गरिएको छ । प्रदेश स्तरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुमार्फत् वैदेशिक रोजगारीका लागि सबै प्रकारका श्रम स्वीकृति हुने व्यवस्था गरिएको छ । नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न श्रम समझदारी अनुसार बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउने सम्बन्धी छनौट कार्यलाई व्यवस्थित र प्रभावकारी रुपमा अगाडि समझदारको कार्यान्वयन ढाँचा मन्त्रीपरिषदबाट स्वीकृत भइसकेको छ ।’
मन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेकाहरुलाई त्यहाँस्थित नेपाली नियोगबाट श्रम स्वीकृति नवीकरण गर्न सक्ने व्यवस्था पनि गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण