काठमाडौँ विश्वको प्रदूषित सहरमा पर्नु चिन्ताको विषय हो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ सहर विश्वका पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौँ सहर स्वास्थ्यको दृष्टिकोणबाट चिन्ताको विषय भए पनि यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।
‘हिजो ट्विटर स्क्रोल गर्दै जाँदा’वर्ल्ड अफ स्ट्याटस’ भन्ने ट्विटर ह्यान्डलबाट आएको एउटा ट्विटमा आँखा अडिए । त्यसमा विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस सहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ’, ओलीले भनेका छन् ।
साथै उनले काठमाडौँ महानगर पालिकाका प्रमुख, उपप्रमुखले पनि काठमाडौँलाई यसबाट बचाउन पक्कै केही गरिरहे पनि यसमा प्रदेश र सङ्घ सरकारहरूको पनि भूमिका आवश्यक रहेको बताएका छन् ।
उनले प्रदूषण घटाउन सबै मिलेर तत्काल कदम चाल्न आग्रह पनि गरेका छन् । ‘हामी सबैले घर भित्र वा बाहिर वातावरणलाई जीवन्त राख्न आ–आफ्नो ठाउँबाट जस्तो सकिन्छ त्यस्तो भूमिका खेलौँ । प्रदूषणबाट बच्न घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाऔँ’, ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण