त्रिभुवन विमानस्थलबाट लागुऔषधसहित विदेशी पक्राउ
काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोल्दोभा र रोमानियाको राहदानी बाहक ४१ वर्षीय डेनिस कुकेरिया रहेका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियाबाट अवैध चरेशजस्तो देखिने पदार्थ ८ केजी ७ सय ४० ग्राम, टर्किस एयरलाईन्सको ब्याग ट्यागसहितको बोर्डिङ पास २ थान, २ हजार ५ सय भारतीय रुपियाँ, २ हजार ३ सय ९० युरो, २ सय ६० पाउण्ड स्टर्लिङ र मोबाइल ३ थानसहित उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । टर्किस एयरलाईन्सको उडानद्वारा काठमाडौँबाट इस्तानबुल हुँदै जुरिच स्वीटजरल्याण्ड प्रस्थान गर्न लागेका उनको लगेज जाँच गर्ने क्रममा लगेजभित्र फल्सबटम बनाई खैरो रंगको प्लास्टिकले र्यापिङ गरी लैजान लागेको उक्त परिमाणको लागुऔषध र नगदसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण