विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैन : मन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधlमन्त्री अशोककुमार राईले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीविरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियालिरहेको बताएका छन् । सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत मन्त्री राईले ध्यानाकर्षण गराए । उनले अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभइ सभ्य समाजलाई नै स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।
मंगलबार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै राईले विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, ‘विश्वविद्यालयलाई समयसापेक्ष रूपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न निरन्तर क्रियाशील तुल्याउनु, आजको आवश्यकता हो । यसका लागि भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता त्यत्तिकै महत्त्वपूर्ण छ ।’
मन्त्री राईले पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थी सबैले संयुक्त रूपमा विश्वविद्यालय सुधारको प्रयास गर्न जरुरी रहेको बताए । उनले विश्वविद्यालयको पुनः संरचनाको विषय पुराना पाठ्यक्रमहरू समयसापेक्ष परिमार्जन गर्ने विषय, विश्वविद्यालयको अध्ययन, अनुसन्धानलाई प्रविधिमैत्री बनाउने विषय र ठुलो सङ्ख्यामा उच्च शिक्षाका लागि विदेशीने क्रमलाई देशमै अवसर प्रदान गरी रोक्नुपर्ने विषय अहिलेका ज्वलन्त विषय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता अनुबन्धित
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’
-
नेपाल राष्ट्र बैङ्कद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस
-
सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता
-
भारत–पाकिस्तान तनावको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक