कानुनमन्त्री गुरुङको दाबी : संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्त हुन्छन्
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्ति हुने गरेको दाबी गरेका छन् । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डा हुने गरेको चर्चा भइरहँदा मन्त्री गुरुङले संविधानले नै प्रदत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरू नियुक्ति हुने गरेको विगत सबैले बुझेको हुनुपर्ने जिकिर समेत गरे ।
मंगलबार प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले न्यायालय राजनीतिक भर्ती केन्द्र भएजस्तो आफूलाई नलागेको बताए । उनले भने, ‘न्यायालय राजनीतिक भर्ती केन्द्र बनाएर बिग्रियो भन्ने कुरा आएको छ । अव यसमा त यो हाम्रो संविधानले नै प्रदत्त गरेको अधिकार भित्रै रहेर न्यायाधीशहरू नियुक्ति हुने गरिएको विगत सबैले बुझ्नु भएकै छ । यस सन्दर्भमा अब कि त संविधान नै संशोधन गर्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ । नत्र होइन भने जहाँ संविधान कुल्चेर, संविधान भन्दा बाहिर गएर न्यायालयमा न्यायाधीशहरु नियुक्ति भएको त छैन । अव सरकारमा रहेकाहरूले प्रधानमन्त्री र मन्त्रीकै पहुँचको आधारमा कति मुद्दाहरू छिटो हुने र अरूको मुद्दाचाहिँ पछि हुने भन्ने विषय चाहिँ पक्कै पनि हो जस्तो मलाई लागेन । त्यसकारण मैले निवेदन गर्न चाहेँ–यो न्यायालयको आफ्नै ढंगबाट पेशी चढ्ने र मुद्दा इजलासमा जाने भन्ने कुराहरू स्वतन्त्र न्यायालयको स्वतन्त्र ढंगबाट कार्य सम्पादन हुने कुरा पनि माननीय सदस्यहरूलाई अनुरोध गर्न चाहेँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण