जसपा अधिवेशन : ‘वास्तु शास्त्रअनुसार मिलेन, पार्टीको झण्डा फेरौं’
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको झण्डा फेर्नुपर्ने आवाज उठेको छ ।
तीन दिनदेखि जारी जसपाको विधान अधिवेशनका बोल्ने अधिकांश नेताहरुले वास्तु शास्त्रअनुसार नमिलेको कारण अर्को झण्डा बनाउनुपर्ने सुझाव आएको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।
सोमवार १० वटा समूहमा विधान मस्यौदाको बारेमा छलफल भएको थियो । ती समूहबाट एक एकजनाले आआफ्नो समूहमा उठेको विषयमा आज ब्रिफिङ गरिरहेका छन् ।
हालसम्म छ वटा समूहका छ जना नेताले आफ्नो धारणा राखिसकेका छन् । यसमध्ये अधिकांशले झण्डा फेर्नुपर्ने कुरामा जोड दिइएको बताइएको छ ।
जसपाकी नेतृ रेखा यादव, अर्का नेता रमेश राय, प्रीति रमन, भगतराम थारु लगायतका नेताले झण्डा फेर्नु पर्नेमा जोड दिएका छन् ।
उता नेता खगेन्द्र माखिमले भने फरका कुरा राखेका छन् । उनले वास्तु शास्त्र र राजनीति फरक फरक कुरा भएको, अहिलेको झण्डा नै राम्रो छ यसलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।
जसपाको झण्डा रातो र हरियो रंगभित्र एउटा तारा राखिएको छ । वास्तु शास्त्रअनुसार रातो र हरियो मिसाउँदा कालो हुन्छ । कालोलाई शुभ मानिदैन । त्यही भएर यो झण्डको रंग फेरेर रातो र पहेँलो बनाउन सुझाव दिइएको छ ।
त्यस्तै, समूहका नेताहरुले आफ्नो धारणा राख्ने क्रममा पार्टीमा उमेर हद राख्न नहुने धारणा राखेका छन् ।
अन्तरराष्ट्रिय रुपमा नै यो अभ्यास छैन, अमेरिका, चीन, भारत जस्ता देशले पार्टीमा उमेर हद लगाउन सकेको छैन भने नेपाल जस्तो विकासशील देशमा नेताको उमेर हद तोकेर दलको राजनीति अगाडि नबढ्ने धारणा नेताहरुको रहेको छ ।
समूहमा छलफल हुँदा अधिकांश नेताहरुले उमेर हद नराख्न सुझाव दिएका छन् भने केही युवा नेताहरुले उमेर हद राख्नु पर्नेमा जोड दिएका छन् । तर बहुमत नेताहरु ७० वर्षीय उमेर हदको विपक्षमा रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण