प्रदेश
बागमती प्रदेशसभा बैठक ४ बजेसम्मका लागि स्थगित
मङ्गलबार, १२ असार २०८०, १५ : ५८
मकवानपुर । बागमती प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित भएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलागरी सुरु भएको बैठक १० मिनेट बसेर पुनः ४ बज बस्नेगरी स्थगित गरिएको हो ।
बैठकमा प्रदेशसभाको विषयगत समितिहरू घोषणा गरिएको छ । प्रदेशसभामा कायम रहेको प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति घोषणा गरेर बैठक स्थगित गरिएको छ ।
प्रदेशसभाको अर्को बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ । उक्त बैठकमा एमाले र राप्रपासहितका सांसदहरुले विरोध गर्ने भएका छन् । एमालेसहितका विपक्षी दलहरुले बजेटमाथि असन्तुष्टि राख्दै बैठक अवरुद्ध गर्ने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण