संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश हुन्छ : मन्त्री राई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।
गत असार ४ गते मन्त्रीपरिषद्का पेश गरिएको सो विधेयक त्यहाँबाट स्वीकृति प्राप्त हुने बित्तिकै संसदमा पेश गर्ने उनको भनाई थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राईले सो विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी समेत गरे ।
उनले भने, ‘संघीय शिक्षा ऐन कहिले आउँछ सदन भनेर धेरै माननीयज्यूहरुले जिज्ञासा राख्नु भएको छ । मैले यस बारेमा पनि यहाँहरुलाई निवेदन गरिसकेको छु । असार ४ गते त्यो मन्त्रीपरिषदमा दर्ता भइसकेको छ । आज १२ गते हो । मलाई लाग्छ आजको क्याबिनेटमा त्यो आइसकेको होला । र, मन्त्रीपरिषद्ले अनुमति दिनेवित्तिकै संसदमा त्यो विधेयक दर्ता हुने कुरा माननीयजीहरुलाई निवेदन गर्न चाहन्छु । र, त्यो ऐन बन्ने बित्तिकै, त्यो विधेयक संसदले पारित गर्ने बित्तिकै विद्यालय शिक्षा क्षेत्रमा दातृ निकायहरुले पनि गुणस्तर सुधारका निम्ति पर्याप्त सहयोग गर्न सक्ने जानकारी चाहिँ भेटवार्ताहरुमा दिने गरेका छन् । दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय विद्यालय सुधारका धेरै काम यो ऐनले पूरा गर्नेछ ।’
मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि दातृ निकायहरुले पर्याप्त सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको सदनलाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण