विपक्षी दलको अवरोधपछि बागमती प्रदेशसभा बैठक पुनः स्थगित
मकवानपुर । बागमती प्रदेशसभाका विपक्षी दलहरूको अवरोध पछि प्रदेशसभा बैठक स्थगित गरिएको छ । मंगलबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा एमालेसहितका प्रतिपक्ष दलले विरोध गर्दै संसदमा अवरोध गरेका हुन् ।
बैठकमा एमालेसहित राप्रपाका सांसदहरुले आसनबाट उठेर विरोध गर्दै सदन सञ्चालनमा अवरोध खडा गरेका थिए । मंगलबार अपराह्न ४ बजे बसेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलका क्रममा एमाले र राप्रपाका सांसदहरुले अवरोध सृजना गरेका थिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सदन सञ्चालन गरेसँगै विपक्षी दलको तर्फबाट एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले विशेष समय लिएर आफ्नो भनाई राखेका थिए । नेता थपलियाले सम्बोधन गर्दै सरकारले बजेट निश्चित निर्वाचन क्षेत्रलाई मात्र समेटेको उल्लेख गरे ।
सरकारले बजेटमा सन्तुलन कायम गर्न नसकेको उनले बताए । प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट काभ्रे जिल्लाका केही निर्वाचन क्षेत्रलाई मात्र समेटेको उनले बताए । उनले प्रतिपक्षीले दिएको सुझाव बजेटमा नसमेटिएको, मुख्यमन्त्री र मन्त्रीमुखी बजेट ल्याएको आरोप लगाएका थिए ।
नेता थपलियाको सदनमा सम्बोधन सकिएसँगै एमाले सांसदले उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए । विरोधका बीच सभामुख पाठकले सदन सञ्चालनको तयारी गरेपछि विपक्षी दलका सांसदहरु रोष्टम घेर्न पुगेका थिए ।
एमाले र राप्रपाको सांसदको विरोधसँगै सभामुख पाठकले सदन ६ बजे अर्को बैठक बस्ने गरी स्थगित गरेका छन् । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको थियो । बजेट सार्वजनिक भएसँगै प्रदेशसभाको बैठक ११ दिनका लागि स्थगित गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण