बजेटबारे निर्णय गर्न जसपा र एकीकृत समाजवादीको बैठक बस्दै
काठमाडौँ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) ले बजेटबारे निर्णय गर्नका लागि संसदीय दलको बैठक बोलाएको छ । बिहान ११ बजे संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
दुवै पार्टीले आ–आफ्नो संसदीय दलको बैठक बोलाएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ । बैठक आज बिहान साढे १० बजे संसद् भवनमा बस्नेछ ।
जसपाले बजेटमा समावेशी नभएको भन्दै संशोधन बिना पास गर्न नदिने बताउँदै आएको छ । त्यस्तै एकीकृत समाजवादीले बजेट संशोधन बिना पास गर्न नदिने धारणा राख्दै आएका छन् । यद्यपि, सत्तारुढ दलबीच बजेटबारे ‘अन्डरस्ट्यान्डिङ’ बनिसकेकाले दुवै दलले बजेट पारित गर्न सहयोग गर्ने बताइएको छ ।
सत्तारुढ नेपाली कांग्रेसले यसअघि नै आफ्ना सांसदहरूलाई आजको बैठकमा अनिवार्य उपस्थित हुन र बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण