नेपाल वायुसेवा निगमले भैरहवा–नयाँ दिल्ली सिधा उडान गर्ने
काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ । हाल काठमाडौंदेखि नयाँ दल्ली उडान भरिरहेको निगमले क्षेत्रीय विमानस्थल भैरहवा, गौतमबुद्ध विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउन लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ढिलामा १५ दिनभित्र भैरहवा–दिल्ली उडान शुरु हुने समेत उनले बताए ।
साथै नेपाल वायुसेवा निगमले भैरहवाबाटै अर्को छिमेकी मुलुक चीनको हङकङसँग समेत सिधा उडान भर्ने तयारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए । ‘यी दुबै गन्तव्यहरुमा एकैपटक उडान शुरु गर्ने निगमको तयारी छ’ प्रवक्ता पौडेलले भने ‘उडान सेडूल, आवश्यक उडान व्यवस्थापनको सम्पूर्ण जानकारी एक/दुई दिनमै टुङ्गो लाग्छ ।’
पौडेलका अनुसार निगमले नयाँदिल्ली हङकङसहित अन्य मुलुकमा पनि भैरहवाबाट सिधा उडान विस्तारको योजना बनाएको छ । दुबई, कतारको दोहालगायत गन्तव्यमा पनि एनएसीले भैरहवाबाट सिधा उडान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण