सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमले भैरहवा–नयाँ दिल्ली सिधा उडान गर्ने

बुधबार, १३ असार २०८०, २० : ००
बुधबार, १३ असार २०८०

काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले भैरहवाबाट भारतको नयाँ दिल्ली सिधा उडान गर्ने भएको छ । हाल काठमाडौंदेखि नयाँ दल्ली उडान भरिरहेको निगमले क्षेत्रीय विमानस्थल भैरहवा, गौतमबुद्ध विमानस्थलबाट समेत सिधा उडान भर्ने भएको हो ।  गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई हवाईमार्फत नयाँ दिल्लीसँग जोड्ने र धार्मिक पर्यटक भित्र्याउन लक्ष्यसहित भैरहवा–नयाँ दिल्ली उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ढिलामा १५ दिनभित्र भैरहवा–दिल्ली उडान शुरु हुने समेत उनले बताए ।

साथै नेपाल वायुसेवा निगमले भैरहवाबाटै अर्को छिमेकी मुलुक चीनको हङकङसँग समेत सिधा उडान भर्ने तयारी गरेको प्रवक्ता पौडेलले जानकारी दिए । ‘यी दुबै गन्तव्यहरुमा एकैपटक उडान शुरु गर्ने निगमको तयारी छ’ प्रवक्ता पौडेलले भने ‘उडान सेडूल, आवश्यक उडान व्यवस्थापनको सम्पूर्ण जानकारी एक/दुई दिनमै टुङ्गो लाग्छ ।’ 
पौडेलका अनुसार निगमले नयाँदिल्ली हङकङसहित अन्य मुलुकमा पनि भैरहवाबाट सिधा उडान विस्तारको योजना बनाएको छ । दुबई, कतारको दोहालगायत गन्तव्यमा पनि एनएसीले भैरहवाबाट सिधा उडान गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप