संसदीय दलको बैठक
बजेटको पक्षमा उभिन जसपाको ह्विप
बुधबार, १३ असार २०८०, १४ : १९
काठमाडौँ । सत्तारुढ दल जनता जमाजवादी पार्टी (जसपा) नेपालले आफ्ना सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । पार्टीको बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले दलका सम्पूर्ण सांसदहरुलाई २०८०/८१ को बजेट सर्वसम्मतबाट पास गर्ने निर्णय गरे अनुसार सबैलाई ह्विप जारी गरेको यादवको भनाई छ । जसपाका १२ सांसद रहेका छन् ।
यसअघि, नेपाली कांग्रेस, एकीकृत समाजावादी पार्टी र नेकपा माओवादी केन्द्रले आ–आफ्ना सांसदहरुलाई बजेटको पक्षमा उभिन निर्देशन दिइसकेको छ । बजेट बुधबार नै प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण