बागमती प्रदेशसभा बैठक १७ गते बस्ने गरी स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको छ । प्रतिपक्ष दलहरूको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको प्रदेशसभा बैठक आगामी १७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बैठकमा राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मात्र सम्बोधन गरेका थिए । बैठकको कार्यसूची अनुसार सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन गरेलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । उनीहरुको विरोधका बीच सभामुख पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलको कार्यसूची अघि बढाएका थिए ।
बजेटमाथिको छलफलमा भाग लिने सहभागीको नाम प्राप्त भएको र राप्रपा संसदीय दलका नेता थापालाई बोल्न समय निर्धारण गर्दै सभामुखले रुलिङ गरेपछि प्रतिपक्ष दलका सांसदहरूले विरोधलाई रोक्दै आसनमा बसेका थिए ।
नेता थापाको सम्बोधन सकिएलगत्तै सांसदहरूले पुनः विरोधको कार्यक्रमलाई निरन्तरता दिन उभिँदै गर्दा सभामुख पाठकले बैठक स्थगन गरेको रुलिङ गरेका थिए । प्रदेशसभाको बैठकमा सत्तापक्षमका ३ सांसद र केही मन्त्रीसहित ३४ जना सांसदहरूको उपस्थिति रहेको थियो । बैठकमा एमालेका र राप्रपाका करिब २६ जना सांसदहरूको उपस्थिति रहेको थियो । प्रदेशसभा सञ्चालनको लागि कुल ११० जना सांसद मध्ये एक चौथाइ सांसद आवश्यक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण