प्रधानमन्त्रीको प्रतिबद्धतापछि बजेट सहजै पारित भयो : सांसद दाहाल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले आगामी वर्षको बजेटमा सांसदहरूको प्रत्यक्ष भूमिका रहने प्रतिबद्धता गरेपछि बजेट सहजै पारित भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीको प्रतिबद्धताका कारण बजेट सहजै पारित भएको बताएका हुन् । उनले सरकारले समस्याको बोध गहिराइबाटै भएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा आमूल परिवर्तन हुने विश्वास व्यक्त गरे ।
सांसद दाहालले आगामी वर्ष बजेटको सिद्धान्त र प्राथमिकता, नीति, योजना, कार्यक्रम बजेट निर्माणमा सांसदहरूको प्रत्यक्ष भूमिका रहने प्रधानमन्त्रीको संकल्पका कारण बजेट पारित भएको बताए ।
सांसद दाहालले सरकारको धरातल कमजोर नभएको भन्दै सरकार पाँचै वर्ष चल्ने बताए । उनले बजेटमा भएका प्राविधिक कमजोरीहरुलाई सच्याइएको पनि बताए ।
सांसद दाहालले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । सरकारले देशमा देखिएका बेथिति र अराजकतालाई हटाउने गरी काम गरिरहेकोले सकार ढल्ने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण