गरुडा नगरपालिकामा तीन दिनदेखि जनप्रतिनिधिकै धर्ना
बुधबार, १३ असार २०८०, २० : ०९
रौतहट । रौतहटको गरुडा नगरपालिकामा उपमेयरको नेतृत्वमा तीन दिनदेखि धर्ना जारी छ ।
मेयर कन्थमणि प्रसाद कलवारले एकोहोरो नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरीको नेतृत्वको टोलीले कार्यालयमा ताला लगाएर धर्ना दिँदै आएको हो ।
गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी उपमेयर चौधरी, ६ वटा वडाका अध्यक्षसहित ३१ जना जनप्रतिनिधि मुल ढोकामा धर्नामा बसेका छन् । धर्नाका कारण कार्यालयबाट हुने काम कारबाही तथा सेवा प्रभावित भएको छ ।
आइतबार गरुडा नगरपालिकाको नवौं नगरसभाले ५५ करोड १६ लाख ३० हजारको बजेट पारित गरेको थियो । मेयर कलवारले एकलौटी ढंगले बजेट ल्याएर पारित गरेको भन्दै उपप्रमुख चौधरी लगायतका वडा अध्यक्षहरू धर्नामा बसेका हुन् ।
मेयर कन्थमणि कलवारले उपमेयर चौधरीको सहमतिमै नगरसभा भएको दाबी गर्दै ताला खोल्नेबारे सरसल्लाह भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण