बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गरुडा नगरपालिकामा तीन दिनदेखि जनप्रतिनिधिकै धर्ना

बुधबार, १३ असार २०८०, २० : ०९
बुधबार, १३ असार २०८०

रौतहट । रौतहटको गरुडा नगरपालिकामा उपमेयरको नेतृत्वमा तीन दिनदेखि धर्ना जारी छ ।

मेयर कन्थमणि प्रसाद कलवारले एकोहोरो नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरीको नेतृत्वको टोलीले कार्यालयमा ताला लगाएर धर्ना दिँदै आएको हो ।

गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी उपमेयर चौधरी, ६ वटा वडाका अध्यक्षसहित ३१ जना जनप्रतिनिधि मुल ढोकामा धर्नामा बसेका छन् । धर्नाका कारण कार्यालयबाट हुने काम कारबाही तथा सेवा प्रभावित भएको छ ।

आइतबार गरुडा नगरपालिकाको नवौं नगरसभाले ५५ करोड १६ लाख ३० हजारको बजेट पारित गरेको थियो । मेयर कलवारले एकलौटी ढंगले बजेट ल्याएर पारित गरेको भन्दै उपप्रमुख चौधरी लगायतका वडा अध्यक्षहरू धर्नामा बसेका हुन् ।

मेयर कन्थमणि कलवारले उपमेयर चौधरीको सहमतिमै नगरसभा भएको दाबी गर्दै ताला खोल्नेबारे सरसल्लाह भइरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप