बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
कारागार व्यवस्थापन

कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, कहिले बन्छ नुवाकोटमा केन्द्रीय कारागार ?

बिहीबार, १४ असार २०८०, ०७ : ३१
बिहीबार, १४ असार २०८०

काठमाडौं । ०७० चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेसँगै विदुर नगरपालिकास्थित खम्बाली क्याम्पमा कारागार बनाउन सुरु भयो । सात हजार कैदीबन्दी अट्ने क्षमतासहितको अत्याधुनिक कारागार बनाउन सुरु गरिएकोमा अहिलेसम्म प्रथम चरणको मात्रै कार्य सम्पन्न भएको छ ।

विदुर नगरपालिकास्थित खम्बाली क्याम्पमा बन्ने कारागारमा २०७८ चैत मसान्तसम्ममा कैदीबन्दीलाई स्थानान्तरण गर्ने लक्ष्य थियो । तर, कारागार निर्माणले अझै पूर्णता पाउन नसकेको हो ।

कारागार निर्माणका लागि ५३४ रोपनी जग्गा कारागार व्यावस्थापन विभागको नाममा स्वामित्व हस्तान्तरण भएर शहरी तथा धादिङस्थित सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले ४२ करोड रुपैयाँको लागत छुट्याएर काम गरिरहेको छ ।

निर्माणाधीन कारागारमा सिप भएकाहरूका लागि रोजगार कक्ष, खेल मैदान, विशेषज्ञ सहितको अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सिप प्रवर्द्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष लगायतको सुविधा रहने जानकारी जिल्ला कारागार नुवाकोटका प्रमुख गंगालाल योगीले दिए ।

योगीका अनुसार कारागार निर्माण अन्तर्गत पहिलो चरणको काम सकिएको छ । पहिलो तलामात्रै निर्माण सम्पन्न भएकाले अहिले नै कैदीबन्दी स्थानान्तरण गर्ने सम्भावना छैन । निर्माण कार्य अन्तर्गत अरु धेरै काम बाँकी छ ।

सुन्धारापछि धेरै कैदीबन्दी अट्ने सुनसरीको झुम्का कारागारमा एक हजार पाँच सय कैदीबन्दी अट्ने क्षमता छ । तर, अहिले पनि यो कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको छ । झुम्कामा एक हजार ६ सय ८१ जना कैदीबन्दी छन् । ललितपुरको नख्खुस्थित कारागारमा ८ सय जनाको क्षमता भए पनि अहिले एक हजार पाँच सय १५ जना कैदीबन्दी राखिएको छ ।

पहिले भएका सम्झौता भन्दा केही संरचना थप भएपछि निर्माण कार्य सम्पन्नमा ढिला भएको जवाफ अयोजना कार्यालय धादिङले नुवाकोट कारागारलाई दिएको छ ।

भूकम्पका बेला ३० जिल्लाभन्दा बढीका कारागारमा क्षति पुगेपछि सरकारले नुवाकोटको विदुर, बाँकेको गुनापुर र बाँकेकै नौबस्तामा कारागार निर्माण गरिरहेको छ । यी तीन वटा कारागारमा १० हजारको संख्यामा कैदीबन्दी अटाउने कारागार व्यवस्थापन विभागले जनाएको छ ।

सुन्धारापछि धेरै कैदीबन्दी अट्ने सुनसरीको झुम्का कारागारमा एक हजार पाँच सय कैदीबन्दी अट्ने क्षमता छ । तर, अहिले पनि यो कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको छ । झुम्कामा एक हजार ६ सय ८१ जना कैदीबन्दी छन् । ललितपुरको नख्खुस्थित कारागारमा ८ सय जनाको क्षमता भए पनि अहिले एक हजार पाँच सय १५ जना कैदीबन्दी राखिएको छ ।

क्षमताभन्दा धेरै कैदीबन्दी राख्ने कारागारमध्ये झुम्का, सुन्धारा, नख्खु कारागार उदाहरण मात्रै हुन् । ७४ वटा कारागारमध्ये अधिकांशमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएका छन् । हाल देशभरका कारागारको क्षमता १० हजार ६ सय ८ जना भए पनि सबै कारागारमा गरी जम्मा २७ हजार ६ सय ३१ जना कैदीबन्दी छन् । त्यसमध्ये केन्द्रीय कारागार सुन्धारामा मात्रै तीन हजार चार सय कैदीबन्दी छन् । यो कारागारको क्षमता जम्मा एक हजार पाँच सयमात्रै हो ।

त्यसो त सरकारले यो वर्ष पनि बजेटमा केन्द्रीय कारागार नुवाकोटको तेस्रो चरणको पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिने उल्लेख गरेको छ । बाँकेको नौबस्तामा क्षेत्रीय कारागार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने भनिएको छ । मोरङ, पाँचथर लगायत थप आठ वटा कारागार भवनको निर्माण कार्यलाई निरन्तरता दिइने विषय बजेटमा उल्लेख छ ।

अटाई नअटाई कैदीबन्दी भएका कारण कोभिड संक्रमण फैलिएका बेला कारागारमा जनस्वास्थ्य मापदण्ड पालनामा कठिनाई भएको थियो । जसका कारण धेरै कैन्दीबन्दी कोभिड संक्रमित भएका थिए ।

विभागका प्रवक्ता एवं निर्देशक कमल प्रसाद पाण्डेले बाँकेको नौबस्तामा कारागार निमार्णको काम अन्तिम चरणमा पुगिसकेको बताए । उनले नुवाकोटको विदुरमा बन्दै गरेको केन्द्रीय कारागारको दोस्रो चरणको काम सुरु भएको जानकारी दिए ।

त्यसो त सरकारले यो वर्ष पनि बजेटमा केन्द्रीय कारागार नुवाकोटको तेस्रो चरणको पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिने उल्लेख गरेको छ । बाँकेको नौबस्तामा क्षेत्रीय कारागार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने भनिएको छ । मोरङ, पाँचथर लगायत थप आठ वटा कारागार भवनको निर्माण कार्यलाई निरन्तरता दिइने विषय बजेटमा उल्लेख छ ।

नयाँ कारागार भवन निर्माण र पुरानाको मर्मत सम्भारका लागि बजेट छुट्याइएको भनिए पनि कति बजेट भन्ने उल्लेख गरिएको छैन ।

विभागका एक उच्च अधिकृतले भने, ‘सरकारले झिनो बजेट छुट्याउँदा कारागारको काम तीब्र रुपमा अघि बढ्न सकेको छैन । हामीले गृह मन्त्रालयसँग ताकेता गरेको ग¥यै छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप